Sajhamanch Archive

करेन्ट लागेर तामाङको मृत्यु

Published: in समाज by .

बिर्तामोड । झापामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार करेन्ट लागेर आज बिर्तामोड नगरपालिका वडा नं.७ खालवारीका ५० वर्षीय सम्शेर तामाङको मृत्यु भएको हो ।

निर्माणाधीन घरमा मोटरबाट पानी लगाउने क्रममा आज दिउँसो तामाङलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याइएपनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *