Sajhamanch Archive

मोरङका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण मृत्यु भएका व्यक्ति मोरङको सुनवर्षी नगरपालिकाका हुन् । ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मं‌गलबार कोसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसोलेसनमा भर्ना भएका थिए । बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई बुधबार दिउँसो करिब १ बजे विराटनगरबाट थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको वीपीमा उपचारका क्रममा ४ः४५ मा मृत्यु भएको प्रवक्त सापकोटाले बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *