Sajhamanch Archive

दुई जिल्लामा ५ सय बढी संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । बुधबारसम्म पाँच जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संखुवासभा, भोजपुर,मुस्ताङ, रसुवा र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार दुई जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्। कैलाली र रौतहट दुई जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् ।

बधुबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ५ हजार २ सय ०३ पुगेको छ। जसमध्ये प्रदेश १ मा २२६, प्रदेश २ मा १ हजार ९ सय ८२ जना, बागमती प्रदेशमा ४८३ जना, गण्डकी प्रदेशमा २ सय ८८ जना, प्रदेश ५ मा ४०१ जना, कर्णाली प्रदेशमा ३०२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *