Sajhamanch Archive

‘नेप्रेयु’ झापाको अधिवेशन असोजमा

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाल प्रेस युनियन झापाको अधिवेशन आगामी असोज ३ गते हुने भएको छ ।

भदौ २० गतेदेखि असोज १० सम्ममा जिल्ला अधिवेशन सक्ने नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुरुप झापाको अधिवेशन असोज ३ गतेका लागि तोकिएको हो ।

नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईको अध्यक्षता तथा केन्द्रीय सदस्य गोविन्दचन्द छेत्री, पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल, पूर्व केन्द्रीय सदस्य लोकराज ढकालल तथा केन्द्रीय पार्षद र जिल्ला पदाधिकारी÷सदस्यको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले विभिन्न सञ्चार माध्यममा कार्यरत इच्छुक पत्रकारहरुलाई यही साउन मसान्तसम्ममा नयाँ सदस्यता लिन आह्वान पनि गरेको छ । यस्तै साउन मसान्त भित्रै नविकरण गर्न पनि सदस्यहरुलाई आग्रह गरेको छ ।

बैठकले प्रेस युनियन झापाका कोषाध्यक्ष इश्वर अधिकारीको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । गठित समितिका सदस्यहरुमा गिरीराज भट्टराई, डिल्लीराम घोर्साईं, ओमप्रकाश भट्टराई, ज्ञानेन्द्र निरौला र मनकुमार शर्मा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *