Sajhamanch Archive

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि कोसी अस्पतालको ओपीडी सेवा बन्द

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । विराटनगरको कोसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द भएको छ ।

अस्पतालले सूचना टाँस गरी ओपीडी सेवा बन्द गरिएको सर्वधारणलाई जानकारी गराएको छ । कोसी अस्पतालका चार स्वास्थ्यकर्मीमा कोभिड १९ पुष्टि भएको छ । अस्पतालले गेटमै सूचना टाँस गरी संक्रमणको कारण सेवा दिन नसकिने जनाएको हो ।

अस्पतालले ओपीडी सेवा सुरु गरेपछि दैनिक पाँच सयभन्दा धेरै बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । तर, विषम् परिस्थिति र संक्रमण त्रासका कारण अहिलेलाई ओपीडी सेवा बन्द गरिएको अस्पतालका मेसु चुमनलाल दासले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *