Sajhamanch Archive

विराटनगरमा थप सात जनामा कोरोना

Published: in समाज, स्वास्थ्य by .

विराटनगर । समुदायस्तरमा कोरोना फैलिएको विराटनगरमा थप सात जनामा संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा कार्यरत दुई स्वास्थ्यकर्मीसहित विराटनगरभित्र सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये विराटनगर– ३ का दुई जना र विराटनगर ११ का एक जना छन् । दुई जनाको विवरण अध्ययन भइरहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलीले जानकारी दिए । विराटनगरमा बुधबार पाँच जनामा संक्रमण देखिएको थियो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ९५ पुगेको छ ।

गत बुधबारयता संक्रमितको संख्या बढेपछि आइसोलेशनको अभाव भएको छ । आइसोलेशन अभाव भएका कारण पछिल्लो समय संक्रमण पुष्टि भएकाहरू घरमै बसिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *