Sajhamanch Archive

कनकाईले बगाउँदा एकको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by .

झापा । झापाको कनकाई नदिले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
संखुवासभा पोखरी घर भएका अर्जुनधारा नगरपालिका वडा नम्बर ४ बस्ने सुगम राईको खोलाले बगाएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राकेश थापाका अनुसार मृतक राई स्थानीय वडा नम्बर ४मा दैनिक ज्यालामजदुरीका रुपमा काम गर्थे । स्थानीय दहिझोडा सामुदायिक बनमा श्रीमती र साथी सहित बाँसको तामा लिन गएका उनलाई डुबे खोलाले बगाएर ज्यान लिएको हो ।
खोलाको भुमरीमा उनि डुबेका थिए ।

स्थानीय प्रत्यक्षदर्शीको भनाई उध्रित गर्दे जिल्ला प्रहरी कार्यालय झापाको सञ्चार शाखाले भन्यो, ‘घटना स्थलदेखी ३० मिटरको दुरीमा रुखको टोड्कामा अड्कीएको अवस्थामा उनको शव भेटिएको हो ।’

यता कनकाईको बाढीमा बुधबार बेपत्ता भएका कनकाई नगरपालिका वडा नं ४ बस्ने २८ वर्षीय कमल मुखिया अझै बेपत्ता छन् । उनको प्रहरी, स्थानीयबासिन्दा र रेडक्रसकर्मीले खोजी गरिरहेपनि फेला पार्न सकेका छैनन् । बेपत्ता मुखिया कनकाई नदिमा बगेर आउर दाउरा संकलनका लागि बाढीमा पसेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *