Sajhamanch Archive

साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । काठमाडौं प्रवेश गर्ने नाका कोरोना संक्रमण जाँच गर्दा ठूलो संख्यामा यात्रुहरुलाई कोरोना संक्रमण भएको पाइएकोले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक लगाइएको छ ।

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिहीबार काठमाडौं प्रवेश गर्ने नाकाहरुमा हुने आवागमनमा पूर्ण निगरानी साथ जाँचको आवश्यक व्यवस्था मिलाउने र अर्को आदेश नभएसम्मका लागि बिहीबार देखि नै लागु हुने गरी साँझ ७ बजेदर्खि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमनमा पूर्ण रोक लगाउने जनाइएको छ ।

काठमाडौं उपत्यका बाहेकका जिल्लामा पनि अत्यावश्यक कामबाहेक अन्तरजिल्ला सवारी आवागमन पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न समेत निर्देशन जारी गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *