Sajhamanch Archive

अमेरिकामा ४६ लाख बढी संक्रमित

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म ४६ लाख बढीलाई संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा ६६ हजार चार सय ९७ नयाँ बिरामी थपिएसँगै अमेरिकामा संक्रमित संख्या ४६ लाख ३४ हजार पाँच सय ३४ पुगेको हो ।कोरोनाकै कारण ज्यान गुमाउनको संख्या एक लाख ५५ हजार ७९ पुगेको छ ।

२२ लाख ७८ हजार ७८ जना उपचारपछि निको भएका छन् । प्रभावित मध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म २६ लाख १३ हजार सात सय ८९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

एकै दिन ५८ हजार दुई सय ७१ जना नयाँ बिरामी थपिएका छन् । हालसम्म ब्राजिलमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ९१ हजार तीन सय ७७ पुगिसकेको वाल्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा एक हजार एक सय ८९ जनाको मृत्यु भइसकेको छ ।

१८ लाख २४ हजार ९५ जना उपचारपछि निको भएर घर फर्किएका छ । छ लाख ९८ हजार तीन सय १७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । छिमेकी मुलुक भारत विश्वमै प्रभावित मध्येको तेस्रो नम्बरमा छ । पछिल्लो २४ घण्टामा ५४ हजार नौ सय ६६ जना नयाँ संक्रमित थपिएपछि कोरोनाकै कारण बिरामी हुनेको संख्या १६ लाख ३९ हजार तीन सय ५० पुगेको छ ।

भारतमा पनि कोरोना संक्रमणपछि ३५ हजार सात सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । १० लाख ५९ हजार ९३ जना उपचारपछि घर फर्किएका छन् । पाँच लाख ४४ हजार चार सय ७१ जना उपचार गराइरहेका छन् ।

संक्रमित थपिने क्रम जारी रहँदा विश्वमा एक करोड ७४ लाख ५१ हजार नौ सय दुई जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ७४ हजार एक सय २४ जना नयाँ संक्रमित थपिएका छन् । ज्यान गुमाउनेको संख्या छ लाख ७५ हजार पाँच सय ३१ पुगिसकेको छ ।

एक करोड नौ लाख १९ हजार नौ सय २६ जनाको उपचार सम्भव भएको छ । विश्वमा हाल ५८ लाख ५६हजार चार सय ४५ जना उपचार गराइरहेका छन् । जसमा ६६ हजार चार सय ६१ जनाको अवस्था गम्भीर छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *