Sajhamanch Archive

मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कार्यालय सिल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । उदयपुरको मालपोत कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित ३४ वर्षिय एक पुरुष कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको छ । अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिए ।

यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिन थालेको छ ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *