Sajhamanch Archive

थप २२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,७७१ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ७६८ जनाको परीक्षणमा २२४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्र.डा. जागेश्वर गौतमले थप १५१ जना कोरोना संक्रमित निको भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ३९९ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *