सुरक्षा पालना नगरी लापरबाही गरिए ठूलो दुर्घटना निम्तिने स्वास्थ्य मन्त्रालयको चेतावनी
Published: (Updated: )
by .काठमाडौं । देशभर कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले कुनै पनि भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्ने क्रम जारी रहँदा ठूलो दुर्घटना निम्तिने खतरा रहेको मन्त्रालयले चेतावनी दिएको छ।
कोरोनाविरुद्ध सरकारले लागू गरेका नियम पालना नगरी लापरबाही बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसले काठमाडौंको जनस्वास्थ्यमा ठूलो दुर्घटना निम्तिने चेतावनी दिएका हुन्।
नियमित ‘कोभिड–१९ प्रेस ब्रिफिङ’ अन्तर्गत शुक्रबार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने, ‘काठमाण्डौमा फाटफुट केसहरू भेटिइरहेका छन्। काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ। यसमा पथपरहेजमा बस्नुपर्ने कुरा हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा म जानकारी गराउन चाहन्छु।’
Comments