Sajhamanch Archive

कांग्रेसले ६ महिना थप्यो भातृ-संगठनको म्याद

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायका भ्रातृ संस्थाको ६ महिना म्याद थप गरेको छ ।

नेविसंघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर संघको पदावधि ६ महिना थप गरिएको हो ।

आगामी पार्टी केन्द्रीय कार्यक्रमितिबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका भ्रातृ संस्थाका ६ महिना म्याद थप गरिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *