Sajhamanch Archive

इटालीमा कसरी नियन्त्रणमा आयो कोभीड–१९ महामारी ? इटालीबाट सिक्नुपर्ने पाठ

Published: (Updated: ) in विश्व समाचार by .

जब पश्चिमा देशमा कोरोनाभाइरस फैलियो, इटाली सबैभन्दा खराब इपिसेन्टर बनेको थियोे । इटाली अन्य देशहरुका लागि उदाहरण नै बनेको थियो, कुनै मूल्य चुकाएर पनि अमेरिका र युरोपका धेरैजसो क्षेत्र इटाली जस्तो अनियन्त्रित महामारीको स्थितिबाट बच्नुपर्ने बताउँथे । ‘तपाईंले हेर्नुुभयो इटालीमा के हुँदैछ,’ १७ मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिर्पोटरहरुसँग भनेका थिए, ‘हामी त्यस्तो अवस्थामा पुुग्न चाहन्नौँ ।’

डेमोक्रेट्रिक तर्फका राष्ट्रपतिका प्रत्यासी जो बाइडेनले इटालीको अस्पतालमा जम्मा भएको भीडको उदाहरण दिँदै राष्ट्रपतीय बहसमा ‘मेडिकेयर फर अल’ बारे आफ्नो धारणा साझा गरेका थिए । ‘यसले इटालीमा अहिले काम गरेको छैन,’ उनले भनेका थिए ।

केही महिनापछि अमेरिकामा दशौँ हजारको मृत्यु भइसकेको छ । कुनै समय इटालीलाई आँखा तरेर हेर्ने युरोपेली देशहरुले अहिले आफै महामारीको नयाँ लहर सामना गरिरहेका छन् । केहीले भर्खरै नयाँ प्रतिबन्ध लागू गर्दैछन् र फेरि लकडाउन गर्ने कि नगर्ने भनेर सोच्दैछन् ।

संक्रमण दर बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले शुक्रबार प्रतिबन्ध खुकुुलो गर्ने योजनामा ढिलाइ हुने घोषणा गरे । आफ्नो प्रभावकारी प्रतिक्रिया र सही कन्ट्याक टे«सिङका लागि प्रशंशा बटुलेको जर्मनीले पनि लापरवाह व्यवहारले संक्रमण बढाउन भूमिका खेलेको भन्दै चेतावनी दिइरहेको छ ।

र इटाली ? यहाँका अस्पतालहरुमा सामान्यत कोभिड–१९ बिरामी छैनन् । महामारीले सबैभन्दा आक्रान्त उत्तरी लोम्बार्डीमा दैनिक मृत्युदर झन्डै शुन्यमा झरेको छ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थस्थित संक्रामक रोग विभागका निर्देशक गियोभानी रेज्जाका अनुसार नयाँ दैनिक संक्रमित संख्या ‘युरोप र विश्वकै कममध्ये एक’ रहेको छ ।‘हामी धेरै सावधान भएका छौँ,’ उनले भने ।

भाग्यवस्, यस साता सानो संख्यामा संक्रमण वृद्धी भएपनि भाइरसलाई नियन्त्रणमा राख्न सकेकोमा इटालियनहरु गम्भीरतापूर्वक आशावादी छन् । तर इटालीका अग्रणी स्वास्थविद्हरुले असावधानी महामारीको ‘जेट इन्धन’ का रुपमा कायम रहेको भन्दै चेतावनी दिइरहेका छन् । कुनै पनि समय यो तस्विर परिवर्तन हुनसक्ने भन्दै उनीहरु सतर्क छन् ।

भाइरस नियन्त्रणमा कसरी इटाली विश्वकै खराब देशबाट नमुना (अपूर्ण भएपनि) बन्न गयो भन्ने विषय अमेरिका (जहाँ भाइरस कहिल्यै नियन्त्रणमा आएन र अहिले देशभर फैलिएको छ) सहित बाँकी विश्वलाई ताजा पाठ हुनसक्छ ।

खराब सुरुवातका बाबजुद इटालीले आफुलाई बलियो बनाएको छ वा कम्तिमा व्यवस्थापन गरेको छ । सावधानी र पीडादायी रुपमा प्राप्त स्वास्थ विज्ञताका साथै कडारुपमा लागू गरिएको राष्ट्रव्यापी लकडाउनले यस्तो अवस्था निम्त्याएको हो ।

यहाँको सरकार वैज्ञानिक र प्राविधिक कमिटीबाट निर्देशित छ । स्थानीय चिकित्सक, अस्पताल र स्वास्थकर्मीले  भाइरसका २० भन्दा बढी सूचकांक दैनिक रुपमा संकलन गर्छन् र यसलाई क्षेत्रीय प्राधिकरणमा पठाउँछन्, जसले यसलाई नेशनल इन्स्टिच्युट अफ हेल्थमा पठाउँछ ।

देशको स्वास्थ प्रणालीको साप्ताहिक एक्स–रे यसको नतिजा हो, जसमा नीति–निर्माण आधारित छ । गत मार्चमा इटालीमा देखिएको पीडादायी र झन्डै विध्वंशको अवस्थाभन्दा यो निकै अगाडि बढको हो ।

प्रधानमन्त्री जुसेप्पे कोन्टेले भाइरसको संक्रमण फैलिरहेका बेला सरकारले आफ्नो निगरानी कम गर्न नसक्ने तर्क गरेपछि यसै साता संसद्ले सरकारको संकटकालिन अधिकारलाई अक्टुबर १५ सम्म लम्ब्याउने पक्षमा मतदान ग¥यो ।

यस अधिकारले सरकारलाई कुनै पनि नयाँ क्लस्टरमा लकडाउनसहित कडाई कायम राख्ने र चाडैं प्रतिक्रिया दिने बाटो खोलिदिएको छ । विदेशबाट आउने भाइरस अहिले सरकारको सबैभन्दा ठूलो चिन्ता हो, सरकारले यसअघि नै दर्जनभन्दा बढी देशलाई इटालीमा भ्रमण प्रतिबन्ध लागु गरिसकेको छ ।

‘फ्रान्स, स्पेन र बाल्कन देशहरुमा धेरै खराब अवस्थाहरु छ, जसको अर्थ भाइरस सकिसकेको छैन भन्ने हो,’ इटाली डाक्टर तथा विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) मा स्ट्रयाटीजिक इनिसियटिभका लागि सहायक निर्देशक जनरल रेनिइरी ग्वेर्राले भने, ‘कुनै पनि समय यो फर्कनसक्छ ।’

कुुनै पनि दुविधा छैन कि लकडाउनको आर्थिक मूल्य ठूलो थियो । तीन महिनासम्म व्यापार र रेस्टुरेन्टहरु बन्द गर्न आदेश दिइयो, आवागमनमा कडा कडाइ थियो (क्षेत्र, शहर र सडकमा पनि) र पर्यटन ठप्प रह्यो । इटालीले यस वर्ष आफ्नो कुल घरेलु उत्पादनको १० प्रतिशत गुमाउने अनुमान गरिएको छ ।

तर, एउटा निश्चित बिन्दुुमा, जब भाइरस अनियन्त्रित रुपले अघि बढ्यो, तब इटालीका अधिकारीहरुले अर्थतन्त्रभन्दा मानिसको जीवनलाई माथि राख्ने निर्णय गरे । ‘इटालियन नागरिकको स्वास्थ पहिलो प्राथमिकतामा आउँछ र सधैं आउनेछ,’ प्रधानमन्त्री कोन्टेले भनेका थिए ।

पीडादायी लकडाउन खराब उपचारको एक ठूलो डोजका रुपमा आयो, इटालियन अधिकारीहरुलाई आशा छ कि अब केही कडाइका बाबजुद देश सामान्य अवस्थामा फर्कनका लागि सुरक्षित छ । अर्थतन्त्र सुुचारु गर्ने एउटै बाटो भाइरसलाई नियन्त्रणमा राख्नु नै रहेको उनीहरुको तर्क छ ।

पूर्णत लकडाउन गर्ने रणनीतिले आलोचना पनि निम्त्यायो, सरकारले अपनाएको अति सावधानीले अर्थतन्त्रलाई ठप्प ग-यो भनियो । तर भाइरस फैलिरहेका बेला अर्थतन्त्र फेरि सुचारु गर्ने प्रयासभन्दा यो थप फाइदाजक हुुनसक्छ । यसमा ब्राजिल, अमेरिका र मेक्सिको उदाहरण हुनसक्छ । यसको अर्थ निरन्तरको सतर्कताका लागि गरिएको आह्वानान मजाक, प्रतिरोध र आक्रोशबाट सुरक्षित छ भन्ने होइन । बाँकी विश्वझैं यस मामिलामा इटाली पनि फरक छैन ।

ट्रेन र बसमा कहिलेकाहीँ मास्क लगाएको देखिँदैन वा प्रयोग कम देखिएको छ, जबकी त्यहाँ यो अनिवार्य हो । युवाहरु बहिर जान्छन् र जोखिम क्षेत्रको जनसंख्यामा भाइरस फैलने थप जोखिम बढाउँछन् । वयस्कहरुले समून्द्री किनारमा जन्मदिन मनाउन भेला भएर वार्वेक्यु गर्न थालिसकेका छन् । सेप्टेम्बरमा स्कुल खोल्ने विषयमा अहिलेसम्म यहाँ पनि स्पष्ट योजना छैन ।

त्यहाँ उतार–चढाव पनि छ र राजनीतिक रुपमा अभिप्रेरित छ । ‘राष्ट्रवादी’ माटियो साल्भिनी नेतृत्वको मास्क विरोधी समुह छ । २७ जुलाईमा साल्भिीनले हात र गला मिलाउनुको साटो कुुइनो र खुट्टा मिलाउनुु ‘मानव प्रजातीको अन्त्य’ भएको बताएका थिए । ¥यालीहरुमा पपुलिस्ट लिग पार्टीका नेता साल्भिनीले हात मिलाउँछन् र मास्क त्यसरी लगाउँछन्, जस्तो चिउँडोको सुरक्षाका लागि लगाइएको होस् ।

गत जुलाईमा पत्रकार सम्मेलनका दौरान उनले नयाँ क्लस्टर सिर्जना गर्न र संकटकाल लब्याउनका लागि इटालियन सरकारले संक्रमित आप्रवासीहरु भित्र्याइरहेको आरोप लगाए । यसै साता सिनेट लाइब्रेरीमा प्रदर्शन गर्नका लागि साल्भिनी र मास्क लगाउन नहुने पक्षधरबीच भेट भयो । यस समूहलाई आलोचकहरुले ‘उपेक्षावादीहरु’ भनेका छन् । इटालियन क्रोनर आन्द्री बोसेल्लीजस्ता विशेष अतिथीहरु यस प्रदर्शनमा सहभागी भए र बोसेल्लीले भने, ‘मलाई लाग्दैन कि यो महामारी त्यति गम्भीर थियो किनकी म धेरै मानिसहरुलाई चिन्छु तर उनीहरुमध्ये कोही पनि आइसीयूमा मरेको मलाई थाहा छैन ।’

तर, देशका अग्रणी स्वास्थविद्हरुले कडा खाले संक्रमणको कमी संक्रमण कम हुँदै गरेको संकेत रहेको बताए, अहिले संक्रमितमध्येका निकै थोरै प्रतिशतमात्रै अत्यधिक बिरामी हुने गरेका छन् । र अहिलेसम्म इटालीका असन्तुुष्टहरु संख्यात्मक रुपमा धेरै वा त्यति पर्याप्त शक्तिशाली पनि छैनन्, जसले एक विध्वंशकारी सुरुवातपछि भाइरसको सामना गर्न कडा संघर्षले हासिल भएको सफलताको मार्गलाई अवमूल्यन गर्न सकुन् ।

संकटको सुरुवातमा अन्य युरोपेली छिमेकीले इटालीलाई एक्लो बनाएका थिए, जतिबेला बोर्डर बाहिरबाट मास्क र भेन्टिेलर्टस विरलै आए । तर यही कुराले खासमा इटालीलाई सहयोग गरेको हुनसक्ने डब्ल्युएचओका विज्ञ ग्वेर्राले बताए । ‘सुरुवातमा त्यहाँ प्रतिस्पर्धा थियो, त्यहाँ सहकार्य थिएन,’ ग्वेर्राले भने,‘सबैले बुझेका छन् कि यतिबेला इटालीलाई एक्लै छाडिएको थियो । नतिजा, हामी एक्लो हुँदा अन्य देशभन्दा धेरै प्रभावकारी हुनसक्यौँ ।’

इटालीले पहिलो बस्ती र त्यसपछि उत्तरतर्फको लोम्बार्डी क्षेत्रलाई क्वारेन्टाइन ग-यो, त्यसपछि पूर्ण प्रायद्वीप र आफ्नो टापूहरुलाई, जबकी यतिबेलासम्म मध्य र दक्षिणी इटालीका अधिकांश स्थानमा भाइरस नगन्य मात्रामा थियो ।

यसले औद्योगिक उत्तरी क्षेत्रका कामदारलाई थप जोखिममा रहेको दक्षिणी क्षेत्रस्थित आफ्नो घर आउनबाट रोक्ने मात्रै होइन, बरु एकीकृत राष्ट्रिय उद्धार प्रक्रियालाई प्रवद्र्धन गर्न र सशक्त बनाउने काम पनि ग¥यो ।

लकडाउनको समय एक क्षेत्रबाट अर्को क्षेत्र, एक शहरबाट अर्को शहर र शहरभित्रका ब्लकमा पनि एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल निकै कडाई थियो । र, मानिसहरुले आफु बाहिर निस्कनका लागि स्वास्थ वा अन्त्य अत्यावश्यक काम परेको प्रमाणित गर्न ‘प्रमाणिकरण कागजात’ भर्नुपथ्र्यो ।

केही क्षेत्रीय प्राधिकरणहरुले कडा जरिवारसहित मास्क र सामाजिक दूरीको नियम लागु गरेका थिए । यदी, इच्छा नभए नै पनि सामान्यत नियम पालना भएकै थियो ।

यतिबेला मानिसहरुको यातनाका पिडादायी दृश्य, खाली सडक र उत्तरी इटालीमा मृतक वृद्धवृद्धाको संख्या बढ्यो, भाइरस फैलने दर भने चाँडै घट्यो ।

र ग्राफ अन्य स्विडेनजस्ता अन्य ती युरोपेली देशको दाँजोमा तल झर्न थाल्यो, जसले लकडाउनको विकल्प रोजेका थिए ।

सुरुवाती प्रकोपका कारण स्थानीय अस्पतालमा मानिसको भीड थियो र ठूलो तनाव सिर्जना भएको थियो । तर यसले डाक्टर र नर्सलाई तीव्ररुपमासँग कन्ट्याक्ट ट्रेसिङ गर्न सक्षम बनायो ।

त्यसपछि बिस्तारै लकडाउन खुकुलो हुँदै गयो । लकडाउनले अन्नतः समाजमा फैलिरहेको भाइरसको दर घटाउने आधारभूत काम र संक्रमितसँग सम्पर्कमा आउने सम्भावना कम ग-यो ।

लकडाउनको अन्त्यमा भाइरसको फैलावट निकै कम भइसकेको थियो र केही मध्य तथा दक्षिणी क्षेत्रमा  संक्रमणको चक्र नगन्य थियो । गेर्राले भने, ‘ढलमा भाइरसको अवशेषको अध्ययन र निगरानी गर्नेजस्ता नयाँ प्रणाली र सतर्कताले संक्रमणको सम्भावनालाई अझै कम गरेको छ ।’

केही इटालियन डाक्टरहरुलाई भाइरसले अहिले इटालीमा फरक व्यवहार देखाएजस्तो लाग्छ । जिनोआ शहरका संक्रामक रोग चिकित्सक माटियो बास्सेट्टीका अनुसार महामारी उच्च छँदा उनको अस्पतालमा एकैपटक ५ सय कोभीड–१९ का बिरामीको भीड हुन्थ्यों ।

अहिले उनको अस्पतालको ५० शैयाको आईसियु बेडमा कोरोना भाइरसका कुनै बिरामी छैनन्, कोभीड–१९ को विशेष उपचारका लागि बनाइएको ६० बेडयुक्त युनिट पनि खाली छ ।

उनलाई भाइरस कमजोर भएजस्तो लाग्छ । यो अप्रमाणित दृष्टीकोण हो भन्ने पनि उनी स्वीर्काछन् । यद्यपी, साल्भिनी र संकटकाल लम्ब्याउने विषयको विरोध गरिरहेका अन्य राजनीतिज्ञका आतुर समर्थकहरुलाई पनि यस्तै–यस्तै लागेको छ ।

धेरै स्वास्थविद्हरु भाइरस फेरि देखिन सक्ने सम्भावना रहेको बताउँछन् । सरकारले नाइट क्लब, मेला र क्रुज सिपको यात्रा सुचारु गर्न नयाँ नियम ल्याउने सोचिरहेका बेला उनीहरुमध्ये धेरैजसोले आफ्नो निगरानी नछाड्न सरकारसँग आग्रह गरेका छन् ।

यदी अन्य देशको दाँजोमा अवस्था राम्रो छ भनेपनि हामी निरन्तर निकै गम्भीर हुनुपर्छ,’ नेशनल इन्स्टिच्युट अफ हेल्थका निर्देशक डाक्टर रेज्जाले भने । उनीको बुझाइमा ‘इटालीले के राम्रो गरेको थियो ?’ भन्ने प्रश्न ‘महामारीको अन्त्यमा’ तेस्र्याउँदा राम्रो हुन्थ्यों ।

उनी भन्छन्, ‘आगामी केही दिनभित्र इटालीमा फेरि महामारी फैलनसक्छ भन्ने सम्भावनालाई हामी अस्विकार गर्न सक्दैनौँ । सायद, यो केवल समयको मात्र कुरा हो ।’

द न्युर्योक टाइम्सबाट

अनुवाद– अन्वेषण अधिकारी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *