Sajhamanch Archive

२५९ प्रहरीमा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । काठमाडौंका ८६ प्रहरीसहित देशभर २५९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै काठमाडौं उपत्यकाबाहिरका १७३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म संक्रमित प्रहरीमध्ये १०३ जना डिस्चार्ज भएका छन् ।

संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ७३, उपत्यकाका १३, प्रदेश १ का २९, प्रदेश २ का ४२, गण्डकी प्रदेशका ४८, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।

संक्रमितमा एसपी १ जना, इन्स्पेक्टर ६, सई १२, असई १६, हवल्दार ६९, प्रहरी जवान १५१ र कार्यालय सहयोगी चारजना छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *