विराटनगरका व्यापारी र न्यूरो अस्पतालका चिकित्सकमा पनि कोरोना संक्रमण
Published:
by .विराटनगर । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा न्यूरो अस्पतालका चिकित्सक र गुद्री बजारका किराना पसल सञ्चालकलाई पनि संक्रमण देखिएको छ ।
विराटनगर महानगरपालिकाका अनुसार न्यूरो अस्पतालको इमरजेन्सी वार्डमा काम गर्ने एक चिकित्सकमा संक्रमण देखिएको हो ।
ति चिकित्सक विराट नर्सिङहोममा पनि कार्यरत थिए । संक्रमित चिकित्सकलाई शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
संक्रमितले काम गर्ने कक्ष सिल गर्न लगाएर उनीसँगको सम्पर्कमा आएका कर्मचारीलाई क्वारेन्टाइनमा बस्न लगाइएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
न्यूरो अस्पताल विराटनगरका डाइरेक्टर राजेश भट्टराईले संक्रमित चिकित्सकले काम गरेको इमरजेन्सी कक्ष सिल गरिएको बताए । संक्रमित चिकित्सकको सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।
संक्रमित व्यक्तीले काम गरेको स्थानमा डिसइन्फेक्सन स्प्रे गरेर क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीको नमुना संकलन गरिएको उनले जानकारी दिए ।
यस अघि विराट नर्सिङहोम ९विराटनगर अस्पताल० र कोशी अस्पतालका चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।
महाशाखा प्रमुख कार्कीका अनुसार शुक्रबार संक्रमण पुष्टि भएका मध्ये एक जना विराटनगर गुद्री बजारमा किराना पसल सञ्चालन गरिरहेका व्यक्ती हुन ।
५२ वर्षिय संक्रमित पुरुषको किराना पसल गुद्री चोकमा छ । संक्रमित व्यक्तीको किराना पसलमा प्राय भिड हुन्थ्यो । सञ्चालकलाइ कोरोना संक्रमण पुष्टि भएपनि शुकबार दिउँसोसम्म पसल सञ्चालन भइरहेको थियो ।
महानगरको टोलीले संक्रमित व्यक्तीको सम्पर्कमा रहेका कर्मचारी र अन्य आफन्तको कोरोना जाँचका लागि भन्दै पसल बन्द गराएको छ ।
Comments