Sajhamanch Archive

पहिलोपटक प्लाज्माथेरापीबाट कोरोना संक्रमितको सफल उपचार

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा पहिलो पटक कोभिड-१९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ ।

६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् ।

अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दासकाअनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले पनि स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको हो । उनलाई अब आईसीयूबाट निकाल्ने तयारी भइरहेको छ । ‘सुरुमा संक्रमितलाई ९० प्रतिशत अक्सिजन दिनु परेको थियो’ डा. दासले भने ‘प्लाज्मा थेरापीपछि २४ प्रतिशत मात्र अक्सिजन दिनुपरेको छ।’

विराटनगरका संक्रमितलाई केही दिनअघि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । फोक्सोमा जटिल समस्या देखिएका बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *