Sajhamanch Archive

फ्रन्टलाइनमा काम गर्ने प्रहरीलाई ‘फेस शिल्ड’

Published: in विविधा, स्थानीय तह by .

विर्तामोड । झापामा फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरीमा कोरोना संक्रमण देखिएपछि बिर्तामोडका जनपद र ट्राफिक प्रहरीले थप सुरक्षा अपनाउँदै ‘फेस शिल्ड’ को प्रयोग गर्ने भएका छन् ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउन र इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले संयुक्त रुपमा प्रहरीलाई फेस शिल्ड वितरण गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका जनपद प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरीले अब ‘फेस शिल्ड’ को प्रयोग गर्ने भएका हुन् ।

बिर्तामोडको वानस्टप मलमा आइतबार भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडलाई ५० थान र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ३० थान फेस शिल्ड प्रदान गरिएको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पे्रसिडेन्ट प्रशान्त भण्डारीले बताए ।

बिर्तामोडमा कोरोना संक्रमणको त्रास बढेपछि फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरीहरुको सुरक्षाको लागि फेस शिल्ड वितरण गरेको उनले बताए ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पे्रसिडेन्ट प्रसान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी मुकुन्द रिजाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जबेगूलाई, फेस शिल्ड वितरण गरिएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले अब जोखिम क्षेत्रमा खटिने प्रहरीलाई एन–९५ मास्क, स्यानिटाइजर, ग्लोब र ‘फेस शिल्ड’ अनिवार्य गरिएको बताए । कार्यक्रमको समापन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका टिच डाइरेक्टर शरद जोशीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *