Sajhamanch Archive

दूधे आयुर्वेदमा प्याथोलोजी ल्यावको उद्घाटन

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by .

शिवसताक्षी । झापा शिवसताक्षीको दूधे आयुर्वेदले प्याथोलोजी ल्याव सेवा  सञ्चालनमा ल्याएको छ । आइतबार प्रदेश सांसद झलकसिं दर्लामी र शिवसताक्षीका नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले संयुक्त रुपमा ल्यावको उद्घाटन गरेका हुन् ।

दूधे आयुर्वेदमा विरामीको चाप बढ्न थालेपछि ल्याव सेवा सञ्चालनमा ल्याइएको आयुर्वेद औषधालयले जनाएको छ ।

प्रदेश सरकारबाट विनियोजित ५ लाखको लागतमा ल्याव सेवा सञ्चालनमा ल्याएको प्रदेश सांसद झलकसिं दर्लामीले जानकारी दिए । उनले आयुर्वेद पद्धती उपचार सेवा पछिल्लो समय प्रभावकारी बन्दै गएकाले प्रदेशले पनि यसलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

नगरप्रमुख चन्द्रकुमार सेर्माले ल्याव सेवा सञ्चालन भएपछि शिवसताक्षी नगरका नागरिकले अत्यन्त न्युन शुल्कमा ल्यावबाट सेवा लिने बताए । कुनै पनि विरामीको रोग पत्ता लगाउन यसको ठूलो भूमिका रहने छ । नगरले यस आयुर्वेदलाई उच्च प्राथमितामा राखेरका काम गर्ने उनको भनाई थियो ।

ल्यावमा ३०  प्रकारका परीक्षण गरिने आयुर्वेद औषाधालयले जनाएको छ ।  दूधे आयुर्वेदमा आ.व. २०७६ ÷०७७ ५ हजार बढीले सेवा लिएको आयुर्वेदका कविराज राजेन्द्र पोखरेलले जानकारी दिए । कार्यक्रममा कविराज पोखरेलले आयुर्वेदले पछिल्लो समय गरेको गतिविधीका बारेमा जानकारी गराएका थिए ।
ल्याव उदघाटनका क्रममा २० जनाले निशुल्क रक्त परिक्षण गरिएको समेत कविराज पोखरेलले बताए ।

कार्यक्रममा नगर उपप्रमुख प्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीता राई, वडाध्यक्ष भैरवकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *