Sajhamanch Archive

उदयपुरको बेलकामा प्रहरी र प्रदर्शनकारीबीच झडप

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । कोरोना उच्च जोखिम रहेको उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नगरपालिका तनावग्रस्त बनेको छ। स्थानीय जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी र अनियमितता गरेको भन्दै नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले नगरपालिका घेराउ गरेर प्रदर्शन गरेपछि झडप भएको हो।

प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक नवीन सिंहले बताए। प्रहरी निरीक्षक सिंहका अनुसार झडपका क्रममा एक जना प्रहरी र ६–७ जना प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरुको टाउको र खुट्टामा चोट लागेको छ।

उक्त झडपमा सत्तारुढ नेकपाका कार्यकर्तासमेत भएकाले मुठभेट भएको स्थानीय भरत घिमिरेले बताए। सयौंको संख्यामा विपक्ष दलका कार्यकर्ताले नगरपालिका अगाडि प्रदर्शन गरिरहेका थिए। केही दिनअघि नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकामा मनलाग्दी र भ्रष्टाचार बढेको भन्दै राजीनामा घोषणा गरेपछि विपक्षी कांग्रेससहित विभिन्न दल आन्दोलित बनेका छन्।

स्रोत :  थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *