Sajhamanch Archive

नेपालकाे नयाँ नक्सा अन्तर्राष्ट्रियकरण गरिँदै

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको नयाँ नक्सालाई नेपालले अन्तराष्ट्रियकरण गर्ने भएको छ।

संयुक्त राष्ट्र संघ, भारत र अन्य अन्तराष्ट्रिय समुदायलाई जारी नयाँ नक्सा पठाउने तयारी थालेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल बताएकी छन्।

नयाँ नेपाली नक्सा अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपालले कम्तीमा पनि ४ हजार नयाँ नक्सा छाप्‍न लागेको छ। भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले अगस्ट दोस्रो सातासम्म उक्त नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायसम्म लैजाने तयारी भइरहेको बताएकी हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *