Sajhamanch Archive

शिवसताक्षीमा कोरोना भाइरस सम्बन्धी सचेतना, हाई प्रोफाइल भएकाले पनि लगाउँदैनन माक्स

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापामा कोरोना संक्रमण समुदायमा आएसँगै सबैलाई सतर्क रहन आग्रह गरिएको छ ।

शिवसताक्षीको इलाका प्रहरी कार्यालय झिलझिले, झिलझिले ट्राफिट पोष्ट र सतासीधाम जेसीजको टोलीले सचेतना गराएको हो । आइतबार टोली शिवसताक्षीको झिलझिले र दूधेमा माइकिङ्ग समेत गरेको छ ।

कोरोना (कोभिड १९ ) को जोखिम भएकाले सबै सुरक्षित बनौ, अनिर्वाय माक्स र सेनिटाइजरको प्रयोग गरौ, असुरक्षित तरिकाले घर बाहिर ननिस्कऔं भन्ने प्लेकार्ड सहित टोलीले बजार परिक्रममा गरेको थियो ।

यता इलाका प्रहरी कार्यालय झिलझिलेले कोरोनाको जोखिम भएको भन्दै सुरक्षा व्यवस्था कडा बनाएको छ । बजारमा माक्स नलगाई हिड्नेहरुलाई अनिर्वाय माक्स लगाउन सुझाउने गरेको इलाका प्रहरी कार्यालय झिलेझिलेका इन्चार्ज कोमल ठाकुरले जानकारी दिए ।

माक्स लगाउन पटक पटक सुझाउँदा पनि माक्स नलगाई हिड्ने १० जनालाई इलाका प्रहरी कार्यालयले जरिवाना समेत लिएको जनाएको छ ।

झिलझिलेमा सवारी साधन चेक जाँचका क्रममा  हाई प्रोफाइल भएका व्यक्तिले पनि माक्स लगाउनुको सट्टा जिल्ला प्रशासन कार्यालय झापाले तोकेको जरिवान तिरेर गएको पाइएको छ ।

निजी गाडीमा सवार हाइ प्रोफाइल भएका व्यक्तिहरुले माक्स किन लगाउने भनेर उल्टै प्रश्न गरेको इन्चार्ज ठाकुरले बताए । उनीहरु १० रुपैयाको माक्स लगाउनुको सट्टा सय रुपैया जरिवाना तीर्न तयार भएको ठाकुरको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *