Sajhamanch Archive

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

सुनसरी । सुनसरीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका बस्ने ४० वर्षीय दीपक मगर रहेका छन् ।

इनरुवा नगरपालिका वडा नं.४ स्थित सडकमा को.१ च ८३०१ नम्बरको जिपले को.२८ प ४२७३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

मोटरसाइकलका चालक समेत रहेका मगरको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *