Sajhamanch Archive

दुई जिल्लामा ५ सय बढी संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । आइतबारसम्म पाँच जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भोजपुर, संखुवासभा, मुस्ताङ, रसुवा र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार दुई जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्। कैलाली र रौतहट दुई जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् ।

आइतबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ५ हजार ६सय ७२ पुगेको छ। जसमध्ये प्रदेश १ मा २५१, प्रदेश २ मा २ हजार १ सय ७५ जना, बागमती प्रदेशमा ६०६ जना, गण्डकी प्रदेशमा २ सय ८७ जना, प्रदेश ५ मा ३९६ जना, कर्णाली प्रदेशमा २९३ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *