Sajhamanch Archive

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार

Published: in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी। कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ९२ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ९२ हजार ६९४ जनाको मृत्यु भएको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

त्यस्तै विश्वमा कोराना संक्रमित हुनेको संख्या एक करोड ८२ लाख ३१ हजार ४६७ पुगेको छ भने कोरोना जितेर एक करोड १४ लाखभन्दा बढी डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *