Sajhamanch Archive

जनावरलाई थापेको करेन्टमा दुई छोराको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

दाङ । दाङमा करेन्ट लागेर एकै घरका  दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १ हर्नेक निवासी ३७ वर्षीय दिलबहादुर रावतका छोरा १० बर्षीय तेजबहादुर र १४ बर्षीय वीरबहादुरको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

साथै सोही घटनामा मृतकका बुवा गम्भीर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। आफ्नै बारीमा जंगली जनावरले मकै खाएर हैरान बनाएपछि उनीहरुलाई लक्षित गरी थापेको करेन्टमा परी उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान ६ बजे जैनपूर्णिमामा मकै चढाउन लिन गएका ती बालक उक्त पासोमा परेका थिए। छोराहरु चिच्याएको सुनेपछि दिलबहादुर त्यहाँ जाँदा उनलाई समेत करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *