Sajhamanch Archive

थप ४१८ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७३७ जनाको परीक्षणमा ४१८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २० हजार ७५० जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *