Sajhamanch Archive

एक महिलासहित झापामा थपिए ५ कोरोना संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । झापामा पाँच जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार झापाको अर्जुनधाराका चार पुरूष र बिर्तामोडकी एक जना महिलामा संक्रमण देखिएको बताइएको छ ।

संक्रमित हुनेमा अर्जुनधारा वडा नं ४ का दुईजना र वडा नं ८ र १० का एक–एक जना रहेका छन् । ती संक्रमितमध्ये दुईजना भारतबाट र अन्य दुईजना मलेसिया र कतारबाट फर्केका थिए । त्यस्तै बिर्तामोड ६ की एक महिलामा कोरोना पुष्टि भएको छ । उनी भारतबाट फर्केर देवी माविस्थित क्वारेन्टाइनमा रहेकी थिइन् ।

समुदायमा संक्रमण फैल्न सक्ने भन्दै अर्जुनधारा नगरपालिकाले सात दिन र बिर्तामोड नगरपालिकाले अनिश्चितकालिन लकडाउन गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *