Sajhamanch Archive

श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

जनकपुरधाम । सर्लाहीमा श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका वडा नं.४ बस्ने ४० वर्षीया सन्जुदेवी राम रहेकी छन् ।

प्रहरीका अनुसार हरिपुर नगरपालिका वडा नं.४ हरैयास्थित मलंगवा-नवलपुर सडकखण्डमा श्रीमान नागेन्द्र रामले चलाएको बा ९ प ९९३५ नम्बरको मोटरसाइकलको पछाडिबाट खस्दा उनी गम्भीर घाइते भएको थिइन् ।

घाइते सन्जुलाई उपचारका लागि वीरगंज पठाउने क्रममा उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *