Sajhamanch Archive

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । विराटनगरको कोसी अस्पतालको आइसोलेसनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर ५ का ७७ वर्षीय पुरुषको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उनी आज बिहान १० बजे अस्पतालमा भर्ना भएका थिए । अस्पताल प्रशासनका अनुसार स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ ।

रिपोर्ट आइसक्दा बिरामीको समेत मृत्यु भएको कोसी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *