Sajhamanch Archive

तीन जिल्लामा ५ सय बढी संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । सोमबारसम्म चार जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भोजपुर, संखुवासभा, मुस्ताङ र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार तीन जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्। कैलाली, महोत्वरी र रौतहट तीन जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् ।

सोमबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ५ हजार ७ सय ३२ पुगेको छ। जसमध्ये प्रदेश १ मा २९०, प्रदेश २ मा २ हजार ३ सय ५७ जना, बागमती प्रदेशमा ६५१ जना, गण्डकी प्रदेशमा २ सय ७२ जना, प्रदेश ५ मा ३१५ जना, कर्णाली प्रदेशमा २९८ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *