Sajhamanch Archive

कोरोनाले ज्यान गुमाएका विराटनगरका वृद्धको शव जंगलमा अन्त्येष्टी गरिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

विराटनगर । कोरोना संक्रमणका कारण सोमबार मृत्यु भएका वृद्धको शव मोरङको कानेपोखरी क्षेत्रको जंगल क्षेत्रमा अन्त्येष्टी गरिने भएको छ । नेपाली सेनाको शव व्यवस्थापन टोलीले शव जंगलमा अन्त्येष्टी गर्ने भएको हो ।

सोमबार दिउँसो सवा ३ बजे विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो । सोमबार विहान आइसोलेसनमा भर्ना भएका वृद्धको मृत्यु भएपछि कोरोना पोजेटिभ देखिएको थियो ।

शवलाई नेपाली सेनाको टोलीले अन्त्येष्टीका लागि लैजाने तयारी गरिरेहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमानलाल दासले जानकारी दिए । शवलाई जंगल क्षेत्रमा लगेर अन्त्येष्टी गर्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *