Sajhamanch Archive

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

वीरगञ्ज । पर्सामा नेपाली सेना, चिकित्सक, पत्रकार गरी थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ जना महिलासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमित १४ देखि ५६ वर्ष उमेर समूहका छन् । नेपाली सेना, चिकित्सक, कन्ट्याक्ट ट्रेसिङमा परेका, पत्रकार लगायतमा कोरोना संक्रमण देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *