विशालको फिल्ममा आर्यन
Published: (Updated: )
by .नायक आर्यन सिग्देलले नयाँ चलचित्रमा काम गर्ने तयारी थालेका छन् । नायक आर्यन सिग्देलले निर्देृशक विशाल सापकोटाको चलचित्रमा काम गर्न लागेका हुन् । विशालले चलचित्र ‘सेल्फी किङ्ग’को निर्देशन गरेका थिए । तर, यो चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारियो ।
आर्यनले अभिनय गरेका २ चलचित्र ‘हजार जुनी सम्म र च च हुई’ पनि गतबर्ष नराम्रोसँग पछारिएको थियो ।
अब, विशाल र आर्यनले नयाँ चलचित्रमा टिमअप गर्दैछन्, जसको लोकेशन हेर्नका लागि उनीहरु पोखरामा छन् । चलचित्रका लागि नायक आर्यन सिग्देल मात्र फाइनल भएको बताइएको छ ।
यो चलचित्रलाई सानो बजेट र सानो टिममा बनाउने तयारी विशालको छ । कोरोना महामारीपछि धेरै चलचित्र मेकरहरु महंगो बजेटमा चलचित्र बनाउने मुडमा छैनन् । विशालले चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक बनाउने तयारी समेत गरेका छन् । आर्यनसँगको प्रोजेक्ट रिलिज भएपछि नयाँ चलचित्रको तयारी थाल्ने उनको भनाई छ ।
Comments