Sajhamanch Archive

थप २५९ जनामा कोरोना संक्रमण, ६५ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६८७ जनाको परीक्षणमा २५९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २१ हजार ०९ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *