Sajhamanch Archive

अपाङ्ग बालबालिकासँग नेपालीले मनाए जन्मदिन

Published: in समाज by .

अर्जुनधारा । यहाँस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका बालबालिकाहरुलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ । बिर्तामोडका यूवा व्यवसायी हरि नेपालीले आफ्नो ३३औँ जन्मदिन केन्द्रका बालबालिकाहरुसँगै मनाएका हुन ।

जन्मोत्सवको दिन फजुल खर्च गर्नुभन्दा अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु उपयुक्त ठानेर आफुले सहयोग गरेको नेपालीले बताए । कोरोना संन्त्रासका कारण लकडाउन भएपछि त्यहाँ आश्रय लिँदै आएका अपांग बालबालिकाहरुलाई समस्या परेको छ ।

फरक क्षमता भएका १० जना बालबालिका रहेको सो केन्द्रमा लकडाउन भएपछि हाल ५ जना बालबालिका आश्रय लिइरहेकाछन । आज आयोजित एक कार्यक्रमका बिच नेपाल जातीय उत्पिडित मुक्ति समाज झापा क्षेत्र न. २ का सचिव एवम नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ केन्द्रीय सदस्य समेत रहेका नेपालीले १५ दिनका लागि पुग्ने खाद्यान्न सामग्री तथा लत्ताकपडा प्रदान गरेको बताएका छन् ।

आर्थिक अभावका बिच सञ्चालनमा रहेको केन्द्रलाई कोरोना संन्त्रासले झन मारमा पारेको केन्द्रका सञ्चालक कृष्ण दुलालले बताए । कार्यक्रममा नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ झापाका अध्यक्ष दिलिप सुन्दास, उपाध्यक्ष रमेश सिवा, सचिव महेन्द्र दास, कोषाध्यक्ष हेमराज रणपहेली लगायतले केन्द्रलाई आउँदा दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *