Sajhamanch Archive

बज्यो खतराको घण्टी एउटै परिवारमा १४ जना संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by .

बिर्तामोड । कोरोना संक्रमण बढेपछि मोरङको रंगेलीबजार अनिश्चितकालागि बन्द गरिएको छ । एउटै परिवारमा १४ जना कोरोना संक्रमित पुष्टि भएसँगै रंगेली नगरपालिकाले बजार बन्द गराएको हो ।

समुदायमा संक्रमण फैलिएको आशंकमा परीक्षण गराउँदा रंगेली बजारका एउटै परिवारका १४ जनामा सङ्क्रमण पुष्टि भएको रंगेली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रोहेन्द्र पाण्डेले जानकारी दिए ।

संक्रमित परिवारको सम्पर्कमा आएकाहरुको स्वाब संकलन सुरु गरिएको छ । झन्डै २०० जनाको स्वाब परीक्षण गर्नुपर्ने अवस्था आएको छ । रंगेली अस्पतालले पनि आकस्मिक सेवाहरु समेत अर्को सूचना जारी नहुन्जेल सम्मका लागि बन्द गरिएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *