Sajhamanch Archive

झापा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।

स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समिति झापाको संयुक्त आयोजनामा जिल्ला समन्वय समिति भद्रपुरको सभा हलमा मङ्गलवार सम्पन्न एक कार्यक्रमका बिच झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन । स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै २०७७ साल असार ३१ गते जिल्लाका १५ वटा स्थानीय तहमध्ये ८ नगरपालिका र ७ गाँउपालिकाहरुबाट प्राप्त विवरणका आधारमा झापालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताए ।

पालिकाहरूबाट १६ देखि २३ महिनाभित्रका ८ हजार १२ जना बालबालिकाहरूलाई पूर्ण खोप प्रदान गरिएको विवरणका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको उनले बताए ।

समन्वय समिति झापाका अध्यक्ष पोर्तेलको अध्यक्षमा भएको कार्यक्रममा समन्वय समिति झापाकी उपाध्यक्ष मिना घिमिरे पराजुली, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल, प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापासहित स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौंलागाईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *