मोरङको रतुवामाई १० दिनका लागि ‘सिल’
Published:
by .विराटनगर । कोरोना भाइरसको संक्रमण फैलन नदिन मोरङको रतुवामाई नगरपालिका १० दिनका लागि ‘सिल’ गरिएको छ । मंगलबारराति १२ बजेबाट लागू हुने गरी नगरपालिका पूर्ण रुपमा ‘सिल’ गरिएको हो ।
रंगेलीस्थित रक्तसञ्चार केन्द्रमा काम गर्ने रतुवामाई घर भएका कर्मचारीमा कारोना देखिएपछि पूरै नगर क्षेत्र ‘सिल’ गर्नु परेको मेयर रविन राईले बताए । समुदायमा कोरोना भाइरसको जोखिम बढेको पनि उनको भनाइ छ ।
नगरपालिकाले नगरका सबै वडा कार्यालयहरु, संघसंस्था, सहकारी, बैंक तथा वित्तिय संस्थाहरु सबै बन्द गर्ने निर्णय गरेको हो ।कोरोना भाइरस समुदायमा फैलन नदिन अत्यावश्यक बाहेक नगरभित्र सम्पर्ण यातायात सेवा र सर्वसाधारणको आवतजावत पनि बन्द गरिने मेयर राईको भनाइ छ । नगर क्षेत्रभित्रका जोखिमयुक्त ठाउँहरुको पहिचान गरेर १५ जनाको स्वाब संकलन गर्दै पीसीआर परीक्षण पनि गरिने भएको छ ।
Comments