धरान उपमहानगर पालिकामा आज मध्यरातिदेखि लकडाउन
Published:
by .धरान । कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलदै गएपछि धरान उपमहानगरपालिकाले ७ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।
नगरपालिकामा बसेको कार्यपालिका बैठकले आज (बुधबार) मध्यराती १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन लागु हुने निर्णय भएको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।
औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने निर्णय भएको पनि अध्यक्ष नेत्र काफ्ले भनाई छ ।।
Comments