Sajhamanch Archive

आज पनि ओली–दाहाल छलफलमा बस्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल हुँदैछ। १८ साउन देखि दुई अध्यक्ष बीच दिनहुँ भेटवार्ता भइरहेको छ।

बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ साक्षी राखेर दुई अध्यक्षबीच भेटवार्ता हुँदै आएको छ। तर, आजको छलफलको समय भने निर्धारण भइसकेको छैन।

दाहालले ‘वान अन वान’ वार्तामा बस्न अस्वीकार गरेपछि खनाल र नेम्वाङ सहित दुई अध्यक्ष बीच छलफल हुँदै आएको हो। दाहालको समूहबाट खनाल र ओलीको समूहबाट नेम्वाङ सहभागी हुँदै आएको छलफलमा दुवै अध्यक्ष अडानमा कायमै छन्।

अध्यक्ष दाहाल अलपत्र परेको स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिने पक्षमा छन् भने ओली स्थायी कमिटी राख्ने पक्षमा देखिएका छैनन्। प्रधानमन्त्री ओली भने सचिवालयबाटै निर्णय गर्नुपर्ने पक्षमा उभिदै आएका छन्। उपाध्यक्ष वामदेव गौतमको ‘यूटर्न’ पछि सहज महशुस गरेका ओली सचिवालयको निर्णयबाटै महाधिवेशनमा जानुपर्ने पक्षमा देखिएका छन्।

३ साउनको सचिवालय बैठकमा पनि ओलीले आगामी मंसीरमै महाधिवेशनको प्रस्ताव गरेका छन्। तर, महाधिवेशनमै जाने निर्णय पनि स्थायी कमिटीबाट गरिनुपर्ने दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूहको अडान छ।

हिमालखबर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *