Sajhamanch Archive

म ठूलो सानो कुनैपनि गुटमा लाग्दिनँ : बामदेव गौतम

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनैपनि गुटमा नलाग्ने बताएका छन् । उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका हुन् ।

मंगलबार पार्टी अध्यक्ष प्रचण्डसँगको र त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभएको बताएका हुन् ।

गौतम पछिल्लो समय ओली समूहतिर लागेको भन्ने टिकाटिप्पणी भइरहेको बेला उनले प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत आफ्नो धारणा बाहिर ल्याएका हुन् ।

सुवेदीमार्फत सार्वजनिक भएको गौतमको प्रष्टीकरणअनुसार मंगलबार पार्टी अध्यक्ष प्रचण्ड उपाध्यक्षलाई भेट्न जाँदा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट बताएका थिए ।  सो क्रममा प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी प्रश्न गर्दा उपाध्यक्ष गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष प्रचण्डलाई बिदा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *