Sajhamanch Archive

बलात्कारको आरोपमा वडा सचिव पक्राउ

Published: in मिडियाबाट साभार, समाज by .

कैलाली । कैलालीमा बलात्कारको आरोपमा एकजना वडा सचिव पक्राउ परेका छन् ।

भजनी नगरपालिका वडा नं. ४ का वडा सचिव सुमनकुमार चौधरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले १८ साउनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराएकी थिइन् ।

महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

‘चौधरी उपर जबरजस्ती करणीको उजुरी आएको छ,’ उनले भने, ‘आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ थप कुरा अनुसन्धान पछि खुल्ने छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशमा वडा सचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *