Sajhamanch Archive

प्रदेश १ मा १८ कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा बुधबार १८ जना कोरोना संक्रमित थपिएका छन् भने ५७ जना डिस्चार्ज भएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा एक-एक जनामा संक्रमण देखिएको हो ।

विराटनगरमा ६ पुरुष र ४ महिला, सुनवर्षीमा ३ जना र धनपालथानमा एक पुरुष, इलामको इलाम नगरपालिका र सूर्योदयमा एक -एक पुरुष, उदयपुरको त्रियुगामा एक महिला र सुनसरीको धरानमा एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशभर संक्रमितको संख्या ११८९ पुगेको छ ।

बुधबार ९० वर्षीया वृद्धासहित ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएका हुन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *