Sajhamanch Archive

नेकपा विशिष्ट अवस्थाबाट गुज्रिएको छ : झलनाथ खनाल

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा विशिष्ट अवस्थाबाट गुज्रिएको बताएका छन्।

राजधानीमा बुधबार केही पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा उनले नेकपा अहिले आफैं भित्रको चुनौतीसँग जुधिरहेको उल्लेख गरे। ‘हामी आफैँ भित्रको चुनौतीसँग जुध्दैछौँ। ओली र प्रचण्डबीच पदको लडाइँ हो भनिएको छ अहिलेको विवादलाई। ओलीले गर्न नसकेको प्रचण्डले के गर्लान् भन्‍ने भएको छ, यसबारेमा प्रष्ट हुनुपर्छ।’

 उनले आफूहरु ओलीलाई सम्झाउने अन्तिम प्रयासमा रहेको बताए। ‘केपी ओलीलाई सम्झाउन सकिन्छ कि भन्ने कोसिस हो। तर मदन भण्डारी फाउन्डेसनले वडासम्म कमिटी बनाएर, हामीलाई विभिन्‍न ढंगले खण्डन गरिँदैछ। त्यसलाई नै पार्टी बनाउँछौँ भनेका छन्। अहिले पनि ओली गुट बनाउन लागेका छन्, ओलीकै गुट प्रवल छ, अहिले पार्टीको विवाद पनि विस्फोटको अवस्थामा छ।’

यो सरकार पुँजीवादी नभइ कम्युनिस्टले बनाएको बताउँदै उनले तर पछिल्लो समय भएका सरकारी नियुक्तिले झस्काएको बताए। ‘राष्ट्रिय योजना आयोगदेखि लगानी बोर्डमा भएका नियुक्तिले झस्काएको छ। लगानी बोर्डमा आएका सुशील भट्ट विभिन्‍न ढंगका एजेन्ट हुन्। पार्टी कमिटीसँग सल्लाह नगरी नियुक्त गरिएको छ। सरकारलाई गुटको प्रतिनिधि बनाइएको छ।’

उनले नयाँ सामाजिक आर्थिक क्रान्तितिर यही पाराले जानै नसकिने बताए। ‘तीनवटा बजेट आए। बजेटले समाजवादतिर लाने काम गरेन। कमिसन एजेन्ट सुशील भट्टको प्रधानमन्त्रीको बासस्थानमै पहुँच छ। अढाई वर्षमा त विकासको लहर ल्याउन सकिन्थ्यो निु, उनले भने, ‘समाजवादको के कुरा आयो त। प्रधानमन्त्रीले स्थायी कमिटी सदस्यलाई हुल्लडबाज र केन्द्रीय सदस्यलाई सडक छाप भन्‍नुहुन्छ। यसरी त हामी बिग्रिनेतिर जाँदैछौं, हामी सुधार्ने अन्तिम प्रयासमा छौं।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *