Sajhamanch Archive

कोरोनाको शैक्षिक असर : विद्यार्थी, शिक्षक, सञ्चालक देखि समुदाय सम्म

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, by .

बिर्तामोड । विश्व यतिबेला कोभिड १९ को अत्यन्त विषम परिस्थितीबाट गुज्रीरहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा आर्थिक,सामाजिक,सांस्कृतिक क्षेत्रमा मात्र नभएर शैक्षिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ ।

नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको बन्दाबन्दी १२० दिनपछि श्रावण ७ गतेबाट अन्त्य भएपनि शिक्षा क्षेत्रमा भने अझै पनि अन्योलै कायम रहेको अवस्था छ । विद्यार्थी विद्यालयमा गएर पढ्ने अवस्था छैन भने शिक्षकहरु रोजगार बिहीन भएकाले उनीहरुको आर्थिक स्थिती खस्किदै गएको छ ।

सरकारले असार १ गते देखि अनलाइन,टि.भी,रेडियोमार्फत कक्षा सञ्चालन सुरु गरेतापनि नेपालको परिवेशमा प्रभावकारी हुन सकेको छैन । सबैका हात -हातमा मोबाइल ल्याप्टप साथै घर- घरमा रेडियो टिलिभिजन इन्टरनेटको अभाव भएकाले विद्यार्थीहरु पढाइबाट वञ्जित भएका छन् ।

शिक्षा मन्त्रालयले प्रकाशन गरेको आर्थिक वर्ष २०७६/७७ को शैक्षिक सर्वेक्षणअनुसार मुलुकभर सञ्चालित ३५ हजार ५२० विद्यालयमध्ये २९ हजार ६०७ सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयमध्ये आठ हजार ३६६ विद्यालयमा कम्प्युटर सुविधा उपलब्ध छ । नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१,२७,२६३ विद्यार्थी प्रभावित हुने गरी विद्यालय बन्द भएका छन् । जसका कारण समग्र शैक्षिक क्यालेन्डर नै प्रभावित हुन पुगेको छ ।

कोरोना कारणले गर्दा विद्यार्थीहरुमा पुगेको असर, विद्यालयमा आएका चुनौति, शैक्षिक क्षेत्रको पछिल्लो अवस्था लगायतका विविध पक्षका बारेमा शिक्षा प्रमुख, विद्यालय सञ्चालक, सरोकारवाला तथा प्रधानाध्यापकसँग गरेको कुराकानीको केही अंश :

विद्यालयमा क्वारेन्टाइन बनाइएकाले कतिपय शिक्षकहरु  विद्यालय पस्न मानी रहेका छैनन्

               कमल निरौला 

    शिक्षा शाखा प्रमुख बुद्धशान्ति गाउँपालिका

बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौला कोरोनाको कहरले शिक्षामा ठुलो क्षती पुगेको बताउँछन् । सबै बन्द भएकाले कुनै पनि गतिविधि भएको छैन । विद्यार्थीको परिक्षा समेत अन्योलमा छ। बुद्धशान्तिमा निजि १७ वटा र सामुदायिक १६ वटा विद्यालय छन् । सामुदायिक विद्यालयमा चाहिँ जे जति पुगेपनी पाठ्यपुस्तक वितरण गरियो । विद्यार्थीलाई कक्षामा ल्याउन नसकेका कारण कतिपय विद्यालयले अनलाइन कक्षा पनि चलाए तर प्रभावकारी हुन सकेन । ठ्याक्कै भन्नू पर्दा गरिबले पढ्न पाएनन् । अनलाइन क्लासमा गरिबको पहुँच पुगेन । यसले गर्दा पनि अनलाइन क्लास प्रभावकारी हुन सकेन । सचेत अभिभावक लकडाउन खुलेर विद्यालय खुलेपनी विद्यालय नपठाउने सुनाउछन् ।

शिक्षा शाखा प्रमुख निरौलाका अनुसार अहिले हरेक विद्यालयले आफ्ना शिक्षकलाई बोलाएर विद्यालयमा पढाई नभएतापनी भावी पठनपाठनबारे योजना बनाउन लगाईरहेको बताए । कतिपय विद्यालयले भने आफ्नै व्यवस्थापनमा शिक्षकलाई तालिम दिदै गरेको पनि छ । विद्यालय क्वारेन्टाइन बनाइएकाले कतिपय शिक्षकहरु समेत विद्यालय पस्न मानी रहेका छैनन् । यस अवस्थामा क्वारेन्टाइन व्यवस्थापन नगरी पठनपाठन हुने सम्भावना नै नरहेको सुनाउछन् ।

ग्रामीण समुदायमा अनलाइन क्लास भन्दा स्पोट टिचिङ प्रभावकारी हुने रहेछ

           

                                खगेन्द्र मैनाली,   सञ्चालक 

                       एरा एभर गीन्र अङ्ग्रेजी स्कुल, बुद्धशान्ति

विद्यालयको वार्षिक परिक्षा रोकिन पुग्यो साथै राज्यको नीति अनुसार विद्यालय बन्द भएका कारणले गर्दा विद्यार्थी घरमै बस्न बाध्य छन् । सुरुका चरणमा कोभिड के हो ? त्यसको बारेमा विद्यालयको फेसबुक पेजमार्फत विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी दियौ । सरकारको निर्देशन अनुसार प्याब्सनले असार १ गतेदेखि तोकेको टि.भी च्यानलमा सञ्चालन गरेको क्लासका बारेमा सूचना गरियौ । अन्योलका बीच असार ८ गते अभिभावक भेला बोलाएर नेपाल सरकारले तोकिए नियम बमोजिम ३५ टोल -टोलमा पुगेर स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरुलाई पठनपाठन गराईरहेको एरा एभर गीन्र अङ्ग्रेजी स्कुल बुद्धशान्तिका सञ्चालक खगेन्द्र मैनालीले बताए ।

पढाइ नभएका कारणले गर्दा विद्यार्थीले मोबाइल, ईन्टरनेट बढी चलाउने भएकाले उनीहरुमा मानसिक तथा शारीरिक तनाव उत्पन्न हुन थालेको छ ।विद्यालयलाई २०७८ साल भित्र प्रविधि मैत्री बनाउने योजनामा छौं ।  विद्यालयले वार्षिक मुनाफाको केही रकम आकस्मिक कोष स्थापना गरि छुटाउने योजना रहेको छ । लकडाउनका कारणले गर्दा अभिभावकमा अन्योल हुनुका साथै रोजगारी गुमेर आर्थिक स्रोत समेत न्यून भएको अवस्था समेत बिकराल बन्दै गएको साथै अभिभावकमा आफना छोराछोरी विद्यालय गएको दिन देखिको पैसा बुझाउने हो कि बैशाखदेखि कै तिर्नु पर्ने हो भन्ने अन्योलमा रहेको सञ्चालक मैनाली बताउँछन् ।

शिक्षकहरु रोजगारी विहिन भएको अवस्था छ भने विद्यालय संचालकले लगानी गरेको बैंकको छुट समेत नपाएको अवस्था रहेको छ । विद्यालय सञ्चालनमा हुन नसकेको समयमा पनि कर छुट भएन जसका कारणले भौतिक क्षति र लगानी असुरक्षित भएको छ । ग्रामीण समुदायमा अनलाइन क्लास भन्दा स्पोट टिचिङ प्रभावकारी हुने रहेछ भन्ने महसुस भएको सुनाउछन् ।राज्यले निजी क्षेत्रलाई अभिभावकत्व नगर्नुका साथै शैक्षिक क्षेत्रमा योगदानको समेत कदर नगरेको सञ्चालक मैनालीले आरोप लगाए ।

७०% विद्यार्थीहरु मिडियाबाट टाढा रहेका  छन्

       शुक्रराज घिमिरे,   प्रधानाध्यापक

 श्री सरस्वती बालकल्याण माध्यमिक विद्यालय, मेचीनगर

हाल लकडाउनका कारण सर्वत्र क्षेत्र ठप्प भएको अवस्थामा विद्यालयहरु पनि बन्द छन् । विद्यालयहरुमा क्वारेन्टाइन रहेका कारणले गर्दा पठनपाठन सुरु गर्न जोखिमको रहेको छ । सरकारले हामीलाई विद्यालय सञ्चालन गर्न अनुमति नदिएको अवस्था छ भने आफ्ना विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्न परिपत्र गरेको भए तापनि विद्यालय भर्ना सुरु भएको छैन त्यसैले हामीले अन्योलका बीचमा पुस्तकहरु विद्यार्थी समक्ष पुस्तक पुर्याउने काम गरिएको श्री सरस्वती बालकल्याण माध्यमिक विद्यालय मेचीनगरका प्रधानाध्यापक शुक्रराज घिमिरेले बताए ।

पुस्तक विद्यार्थीको हात-हातमा भएपनि माथिल्लो कक्षामा भएकाले अलि अलि पढे तर साना बालबालिकाहरुले पढेको कुराहरु पनि बिर्सेको अवस्था छ । हामीले टोल-टोलमा पुगेर गाउँमा भएका आमा समूहको सहायतामा विद्यार्थीहरुलाई कसरी पढ्ने त्यसका बारेमा बताउने काम गर्हो । अनलाइन कक्षा कुन-कुन समयमा कुन-कुन रेडियो र टेलिभिजनबाट आउछ त्यसका बारेमा जानकारी दिने काम गरिएको प्रधानाध्यापक घिमिरे बताउछन ।

सरकारले विभिन्न माध्यमहरुबाट भर्चुअल कक्षाहरु सञ्चालन गर्हो जुन चाहिँ आर्थिक रुपले सम्पन्न छन् उनीहरुलाई केही हदसम्म भएपनि प्रभावकारी बन्यो । तर हाम्रो जस्तो समुदाय जहाँ विहान आठ बजे खाना खाएर मजदुरीमा जानू पर्ने समाजमा भने कागलाई बेल पाक्यो हर्ष न विस्मत सरह भएको छ। धेरैका घरमा रेडियो,टेलिभिजनकै अभाव छ इन्टरनेटको त कल्पना नै नगर्हो । हामीले गरेको सर्वेक्षणमा हाम्रो विद्यालय ७०% विद्यार्थीहरु मिडियाबाट टाढा रहेको हाम्र अध्ययनबाट पुष्टि हुन्छ । पछिल्लो समय कोरोना जोखिमले गर्दा पठनपाठन ठप्प भएपनि शिक्षकहरु नियमित विद्यालय उपस्थित भएर विद्यार्थीहरुको प्रयोजनका लागि राखिएको कम्पुटरहरुको सदुपयोग गर्दै भावी दिनमा शिक्षामा आवश्यक कुरामा अध्ययन गर्नुका साथै पढाइलाई प्रविधिसँग जोड्न कसरी सकिन्छ त्यसका बारेमा अभ्यास गर्न व्यस्त हुनुहुन्छ ।

कोरोनाका कारणले गर्दा विद्यार्थीमा मानसिक तनाव पुगेको कारणले गर्दा उनीहरुमा उत्पन्न भएको समस्याहरुलाई कसरी हटाउने त्यो हाम्रो लागि गम्भीर विषय बनेको छ । आगामी दिनमा उनीहरुलाई उत्प्रेरणा जोगाउन आवश्यक रहेको घिमिरे सुनाउछन् । कोरोना कारणले गर्दा अभिभावकमा मनोवैज्ञानिक त्रासमा फैलिएकोले आफ्ना नानीहरु तत्काल विद्यालय पठाउने वातावरण नभएकाले गर्दा यस वर्ष शिक्षाका क्षेत्रमा चुनौती नै चुनौती रहेका छन् । विद्यालयमा क्वारेन्टाइन रहेका कारणले विद्यार्थीमा झन त्रास रहेको छ ।

आउदो दिनमा विद्यार्थीहरुलाई कसरी पहिल्यैकै ठाउँमा ल्याउने त्यो विषय जटिल रहेको छ

   बिष्णु सापकोटा,  अध्यक्ष

    बुद्धशान्ति प्याब्सन

यता बुद्धशान्ति प्याब्सनका अध्यक्ष बिष्णु सापकोटाले कोरोनाको असर शैक्षिक क्षेत्रमा हालसम्मकै ठुलो असरको रूपमा लिन्छन् । अब आउदो दिनमा विद्यार्थीहरुलाई कसरी पहिल्यैकै ठाउँमा ल्याउने त्यो विषय जटिल भएको बताउँछन ।

निजि लगानीमा संचालित विद्यालयहरु अझ प्रभावित भएको छन् । अधिकाश विद्यालय बैंक कर्जाको व्यवस्थापन, शिक्षक कर्मचारीको व्यवस्थापन पोचिलो बन्दै गईरहेको अवस्थामा सरकारले सहलुयित कर्जा व्यवस्थापन गर्दिए केही सम्म सहज हुने उनको ठम्याइ छ ।

कोरोना कारणले गर्दा करिब ४ लाख ८५ हजार माध्यमिक शिक्षा परीक्षा एसईईको पूर्व तयारीमा जुटेका विद्यार्थी परीक्षा दिने अवसरबाट वञ्चित भई उनीहरूमा शैक्षिक ह्रास आएको छ । कोरोना कहर महामारीका कारण सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गतिविधिमा समेत हुँदा खाने र हुने खाने वर्गले प्राप्त गर्दै आएको शिक्षामा समेत ठुलो दरार आउने देखिन्छ । जसको ज्वलन्त उदाहरण कोरोना कहरका बिचमा सुविधा सम्पन्न संस्थागत विद्यालयले सञ्चालन गरेको गतिविधिबाट आङ्कलन गर्न सकिन्छ ।यो परिस्थितिलाई उपयोग गरेर बिस्तारै देशैभरिका विद्यार्थीको पहुँचमा अनलाइन सुविधा सुनिश्चित् गर्न नसके विश्वभरिका अन्य विद्यार्थीको दाँजोमा नेपाली विद्यार्थीलाई पुर्याउन भविष्यमा कठिन हुने समेत शिक्षाविद्हरूले औँल्याएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *