Sajhamanch Archive

मोरङका स्थानीय निकायहरुमा धमाधम लकडाउन

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by .

मोरङ । समुदायमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिएपछि मोरङका स्थानीय निकायहरुले धमाधम लकडाउन गर्न थालेका छन ।

कोरोनाको संक्रमण र रोकथामका लागि बिहिबार बिहानबाट सुन्दरहरैचा नगरपालिका र बिहिबार मध्यरातिबाट बेलबारी नगरपालिकाले लकडाउन घोषणा गरेका छन । बिराटनगर महानगरपालिकाले चार दिनअघिदेखि नै लडकाउन गरिसकेको छ भने रतुवामाई नगरपालिकाले समेत बुधबारबाट लकडाउन गरिसकेको छ ।

बेलबारी नगरपालिकाले २०७७ साउन २२ गते राति १२ बजे देखी ३२ गते सम्म लकडाउन गर्ने बुधबार निर्णय गरेको छ । बुधबार कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्बय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको वैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनलाई कडाई गर्ने समेत समितिले निर्णय गरेको छ । औषधी पसल, अस्पताल, क्लिनिक, दुधडेरी, पेट्रोलपम्प ,पानिजन्य उद्योग, भेटेनरी भन्दा अन्य पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।

उता. सुन्दरहरैचा नगरपालिकाले ९ दिनका लागि लकडाउन गर्ने निर्णय मंगलबार बसेको कार्यपालिका बैठकले गरेको हो । २२ गते बिहीबारदेखि लागू हुने गरी होटल, ब्युटीपार्लर, सैलुन, फुटसल, जिमखाना, हटिया, बजार  बन्द हुने भएका हुन् ।

त्यस्तै, नगरपालिका कार्यालय र वडा कार्यालयबाट हुने सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक काम हुनेले मास्क लगाएर मात्र हिँड्न पाइने बताइएको छ । लकडाउन साउन ३० गते शुक्रबारसम्म हुने निर्णय भएको छ । यो सँगै जिल्लाका केराबारी लगायत अन्य स्थानिय पालिकाहरुले समेत लकडाउन घोषणा गरिसकेका छन ।

स्रोत :  पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *