Sajhamanch Archive

कोभिड-१९ अस्पतालमा आगलगाी हुँदा आठजनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । भारतमा कोभिड-१९ अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।

भारतको पश्‍चिमी सहर अहमदावादमा रहेको कोभिड अस्पतालमा बिहीबार आगलगाी हुँदा सीसीयूमा रहेका आठजनाको मृत्यु भएको हो ।

फायर डिपार्टमेन्टका वरिष्ठ अधिकारी राजेश भाटले सर्ट सर्किटका कारण एक कर्मचारीको पीपीई किटमा आगो टिप्दा सिंगो अस्पतालमा नै आगो फैलिएको हो ।

‘ती स्टाफ आत्तिएर क्रिटिकल केयर युनिटबाट भाग्‍न खोज्दा आगो फैलिएको हो,’ उनले भने । प्रहरीले अस्पतालका एक निर्देशकलाई नियन्त्रणमा लिएको छ भने अनुसन्धान सुरु भएको छ । उक्त घटना स्थानीय समय अनुसार बिहान ३ बजे भएको हो ।

भाटले भने करिब एक घण्टामै आगो नियन्त्रणमा लिएको अस्पतालका ४० जना बिरामीलाई अन्य अस्पतालमा सारिएको थियो । उनले कोरोना संक्रमितको सम्पर्कमा रहेका आफू र आफ्ना सहकर्मीहरु क्‍वारेन्टिनमा गएको बताएका छन् ।

स्रोत :  बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *