Sajhamanch Archive

टेलिफोनको पोलमा प्वालै प्वाल

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काँकरभिट्टा । नेपाल टेलिकम कार्यालयले काँकरभिट्टामा जडान गरेको टेलिफोनको तार कुदाउँने पोलमा प्वाल पर्न थालेको भेटिएको छ ।

मेचीनगर—६, काँकरभिट्टा स्थित शान्तिपथ सडकमा जडान गरिएको ल्याण्डलाइन टेलिफोनको तारको पोलमा प्वाल पर्न थालेको हो । ‘५—६ वर्ष भयो टेलिकमले यो पोल यहाँ गाडेको’, किसान कपडा पसलका सञ्चालक नवराज उप्रेतीले भने — ‘अहिले त हेर्दा हेर्दै पोलमा प्वालपो पर्न थालेछ ।’ पोल लड्न आटिसक्यो टेलिकम कार्यालयले अहिलेसम्म ध्यान नदिएको उनले बताए ।

उक्त पोल लड्यो भने यस आसपासका ल्याण्डलाइन टेलिफोन र टिभीका च्यानल बन्द हुनेछ । टेलिकमको पोलमा केवल र टेलिफोनका तार एकै ठाउँमा छन् । यो सडकमा सयौँ सवारी साधान कुदिरहने भएकोले जतिबेला पनि पोल लडेर दुर्घटना हुने सम्भावना रहेको अंकित पुस्तक सदनका सञ्चालक खिलबहादुर घिमिरेले बताए । काँकरभिट्टाको विभिन्न ठाउँमा गाडिएका टेलिकमका पोलमा प्वाल पर्न थालेको छ । क्याम्पस रोड, भट्टराई चोकलगायतका ठाउँका टेलिकमको पोलमा प्वाल पर्न थालेको छ ।

नेपाल टेलिकम कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख भोगेन्द्र आचार्यका अनुसार टेलिकमको पोलमा प्वाल पर्न थालेको जानकारी आएको छ । यस विषयमा बिर्तामोड कार्यालयका प्रमुखसँग कुरा भएको उनले बताए । केहिदिनमा बिर्तामोड कार्यालयको प्राविधिकसहितको टोलीले पोलमा प्वाल परेको क्षेत्रमा निरिक्षण गरेर निकास निकाल्ने योजना रहेको आचार्यले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *