Sajhamanch Archive

प्रदेश १ मा थपिए ६६ कोरोना संक्रमित, १८ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा २१ सहित प्रदेशभर बिहीबार ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनसार मोरङमा सबैभन्दा धेरै २४, सुनसरीमा १९, इलाममा १५ र झापामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

विराटनगरमा ११ पुरुष र १० महिला गरी जम्मा २१ जनामा संक्रमण पुष्टि भएको छ । बेलबारीमा दुई र रंगेलीमा एक पुरुष, सुनसरीको धरानमा ११ पुरुष र तीन महिला, इटहरीमा चार पुरुष र एक महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगर नगरपालिकामा सात पुरुष र एक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ ।

प्रदेश १ मा आज १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा झापाका ९, मोरङका ६, सुनसरी र पाँचथरका एक- एक जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *